बन्दकर्ताद्वारा नगरपालिकामा तालाबन्द

बन्दकर्ताद्वारा नगरपालिकामा तालाबन्द

कैलालीको घोडाघोडी नगरपालिकामा बन्दकर्ताले तालाबन्दी गरेका छन् । उनीहरुले नेपाल बन्दको अवज्ञा गरेर कार्यालय चलाएको भन्दै तालाबन्दी गरेका हुन् ।

बजार बन्द गराउँदै हिँडेका विभिन्न ६ दल सम्मिलित मोर्चाका कार्यकर्ताहरूले नगरपालिका भवनको मुख्य गेटमा तालाबन्दी गरेको बताइएको छ ।

बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएका थिए । तर,अनुरोधपछि अहिले बन्दकर्ताले ताला खोलिदिएका छन् ।

टिप्पणीहरू