लालकिल्ला हिंसाका आरोपी अभिनेता दिप सिध्दुको निधन

लालकिल्ला हिंसाका आरोपी अभिनेता दिप सिध्दुको निधन

भारतका प्रसिध्द पञ्जाबी अभिनेता दीप सिध्दुको निधन भएको छ । हरियाणाको सोनिपत क्षेत्रमा ट्रक दुर्घटनामा पर्दा उनको निधन भएको हो । २०२१ को दिल्लीस्थित लाल किल्ला हिंसाका दोषी भनेर चिनिने अभिनेता सिध्दुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरियाणाको पिपली टोल नजिकै कुंडली–मानेसर–पलवल एक्सप्रेस वेमा दुर्घटना भएको हो । सिध्दु यात्रा गरिरहेको कारले ट्रकलाई ठक्कर दिदाँ दुर्घटना भएको हो,प्रहरीले भने ।

सिध्दुसंगै रहेकी एक महिला भने गम्भीर घाइते भएकी छन् । गत वर्ष कृषि कानूनविरुध्द किसानहरूले विरोध प्रदर्शन गर्ने ट्र्याक्टर रैलीको क्रममा भएको लाल किल्ला हिंसाका आरोपी भनेर उनलाई पक्राउ गरिएको थियो । त्यसपछि उनी गएको गणतन्त्र दिवसका दिन जमानतमा छुटेका थिए ।

टिप्पणीहरू