भारतले पेट्रोलियम पदार्थको मूल्य बढायो, नेपालमा के होला ?

भारतले पेट्रोलियम पदार्थको मूल्य बढायो, नेपालमा के होला ?

इण्डियन आयल कर्पोरेशनले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । कर्पोरेशनले हिजो नेपालका लागि नयाँ मुल्यसूची पठाईसकेको छ ।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ रुपैयाँ र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले बताएको छ । भारतले मूल्य बढाएपछि निगमले नेपालमा पनि भाउ बढाउने संकेत गरेको छ ।

यसअघि नै घाटामा रहेको भनिएको निगम मूल्य बढाएपछि थप घाटामा जाने देखिएको छ । निगमका अनुसार आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने सम्भावना छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र करिब २४ अर्ब नोक्सानी बेहोरिसकेको निगमको भनाइ छ ।

हाल भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोल ३२ रुपैयाँ, डिजेल २५ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर ५० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कलकत्ताभन्दा काठमाडौंमा ३५ रुपैयाँले सस्तो भएको निगमको भनाइ छ ।

टिप्पणीहरू