एकै दिन पाँच वटा कम्पनी कारबाहीमा
आपूर्ति,अनुगमन तथा उपभोक्ता संरक्षण विभागले एकैदिन पाँच वटा फर्ममाथि कारबाही गरेको छ । विभागले हिजो गरेको अनुगमनमा कागजात देखाउन नसकेका पाँच वटा फर्म कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा सीजी इम्पेक्स, नेपा हिमा ट्रेल,नवल श्रेष्ठ इन्टरप्राइजेज,इमेल फर्मा र धनेश्वर स्टोर रहेका छन् । अनुगमनको क्रममा कागजात नपुगेपछि उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ ।
तीमध्ये विभागले तीन वटालाई सुधार्ने मौका दिएको छ भने दुईवटालाई कारबाही र जरिवाना तिराइएको छ । विभागले इमेल फर्मा र धनेश्वर स्टोरलाई पाँच हजारको दरले जरिवाना तिराएको हो ।
टिप्पणीहरू