एमाले कार्यकर्ताले सडकमै चिया पकाए
पेट्रोलियम पदार्थमा भएको मूल्यबृध्दिविरुद्ध आन्दोलनमा उत्रिएको एमालेनिकट युवासंघ र युथफोर्सले सडकमै चिया पकाएका छन् । सांकेतिक विरोधस्वरूप एमाले कार्यकर्ताले बानेश्वरको सडकमा चिया पकाएर खाएका हुन् ।
सो क्रममा उनीहरूले सडकमै ‘कवाडी पसल’ पनि राखेका थिए । मूल्यवृध्दिका कारण जनताको दैनिकी असामान्य भएको र मोटरसाइकल,स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीहरुले बताएका छन् ।
टिप्पणीहरू