‘रोल्पाली जनता ‘सूर्य’मा मतदान गर्न आतुर छन्’
नेकपा (एमाले )की केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह–इन्चार्ज ईश्वरी जीएमले स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लास्तरीय नेता–कार्यकर्तालाई गाउँ–टोलमा केन्द्रित हुन आग्रह गरेकी छन्।
एमाले रोल्पाको बिहीबार बसेको सचिवालय बैठकमा बोल्दै केन्द्रीय सदस्य जीएमले सबै पालिकाका वडा र टोल कमिटीलाई तीव्ररूपमा सक्रिय बनाउनुुपर्नेमा जोड दिइन् ।
गठबन्धन सरकारले संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव नगर्ने षड्यन्त्र गरेपनि सफल नहुने बताइन् । एमालेले रोल्पा जिल्लामा थप राम्रो नतिजा ल्याउनेसमेत जनाइन् ।
‘रोल्पाली जनता एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर छन् । त्यसैले जनमुखी कार्यक्रम लिएर टोल–टोलमा पुगौँ,’ उनले भनिन्।
एमाले रोल्पालाई बलियो बनाउन पार्टी कमिटीसँगै जनवर्गीय संगठनलाई पनि चलायमान बनाउन जरुरी रहेको उनको भनाइ छ।
एमाले अहिले प्रतिपक्षको भूमिकामा रहेपनि पाँचदलीय गठबन्धनको गलत हर्कतविरूध्द जनतासँगै उभिएको जीएमले बताएकी छन्।
टिप्पणीहरू