एकाबिहानै कसले राख्यो प्रेसर कुकर बम ?
आज बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तीनथाना नजिक कालिका पम्पअगाडि थानकोटतर्फकाे दाहिनेपट्टी मान्छे हिंड्ने पेटीमा भेटिएको शंकास्पद सामग्रीलाई सेनाको बम डिस्पोजल टोलीले निस्तेज गराएको छ ।
गृहप्रवक्ता फणिन्द्रमणी पोख्रेलका अनुसार जेब्रा झाेला र बाेरामा एमसिसी खारेज लेखिएको दुई वटा अवाञ्छित वस्तु देखिएको र ब्यानरले छाेपिएको कुकर बमजस्ताे देखिने उक्त वस्तु भेटिएको खवर पाउनासाथ घटनास्थलमा थानकाेट चौकी इन्चार्ज डिल्लीनारायण पाण्डे र नीलबाराही गणबाट सशस्त्र इन्स्पेक्टर कैलाश कटुवालकाे टाेली पुगेको थियो ।
लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गणबाट क्याप्टेन सन्जिपमणि लामिछाने सहित ७ जनाकाे टोली पुगेर “बम डिस्पोज” गरेको हो ।
टिप्पणीहरू