बेल्जियमका कर्मचारीलाई हाकिमले फोन गर्न नपाउने

बेल्जियमका कर्मचारीलाई हाकिमले फोन गर्न नपाउने

युरोपेली मुलुक बेल्जियमले त्यहाँका कर्मचारीलाई सातामा तीन दिन बिदा दिने गरी नयाँ श्रम कानुन लागू गरेको छ । यूएईपछि यो कानुन लागू गर्ने बेल्जियम विश्वकै दोस्रो मुलुक हो ।

बेल्जियमले कोभिड–१९ महामारीपछि देशको अर्थतन्त्र सुधार गर्न र नागरिकको जीवनस्तर सहज बनाउन श्रम कानुनमा परिवर्तन गरेको जनाइएको छ । आफ्ना मन्त्रीहरूसँगको कुराकानीपछि प्रधानमन्त्री अलेक्ज्याण्डर डी क्रुले कोरोनाका कारण थप लचिलो भएर काम गर्न बाध्य भएको बताए ।

नयाँ श्रम ऐनमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको कामको समय सकिएपछि कार्यालयको फोन बेवास्ता गर्ने अनुमति रहेको उनले बताए । ऐनअनुसार कार्यालयबाट हाकिमको फोन आएपछि कर्मचारीलाई कुनै डर नहोस् ।

नयाँ श्रम ऐनअनुसार कर्मचारीले चार दिनमा ३८ घण्टा मात्र काम गर्नुपर्नेछ । नयाँ प्रणालीम अकर्मचारीहरूले लामो सप्ताहान्त मात्र पाउने छैनन्, यसले उनीहरूको तलबमा पनि असर गर्दैन । त्यस्तै, कर्मचारीले आफ्नो हाकिमको अनुमति लिएर एक हप्तामा बढी घण्टा काम गरे अर्को हप्ता कम काम गर्न पाउनेछन् ।

टिप्पणीहरू