पानी भन्ने,चिनी ओसार्ने ?
पानीको कार्टुनमा भन्सार छलेर चिनी ओसार्ने चालक गाडी छाडेर भागेका छन् । सर्लाहीको कविलासी नगरपालिका ८ गौरमा प्रहरी चेकिङमा परेपछि चालक गाडी छाडेर भागेका हुन् ।
असई रामकेवल रायको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको मिनीट्रकलाई चेक गर्दा चालक भागेको प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरीका अनुसार बा ३ ख ७३३६ नम्बरको मिनी ट्रक जाँच गर्दा खानेपानीको कार्टुन तथा जारमा १७ बोरा चिनी,नीलो रेडबुल ८ कार्टुन, रातो रेडबुल ४ कार्टुन,ललिपप ५ बोरा फेला परेको थियो ।

अवैध रुपमा ल्याएको सामाग्री समातिएपछि चालक भागेको र हाल उक्त सामाग्रीलाई मलङ्गवा भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार छालेर ल्याएको सामानको भन्सार दाखिला मूल्य १६ लाख २१ हजार ७ सय ८० तोकिएको छ ।
टिप्पणीहरू