कोटेश्वरमा अहिले कुन दलका को-को नेता पुगे ?
एमसिसीवारे साझा धारणा बनाएर सत्ता गठवन्धनको बैठकका निम्ति बालुवाटार जानुअघि अहिले कोटेश्वरस्थित एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको निवासमा विभिन्न दलका नेताहरु भेला भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठसहित छलफलमा हुनुहुन्छ भने जसपा अध्यक्ष उपेन्द्र यादव उपाध्यक्ष अशोक राईसहित त्यहाँ पुग्नुभएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समेत उक्त भेलामा सहभागिता जनाइरहनुभएको अध्यक्ष नेपालका सहयोगी मोहन गौतमले जनआस्थालाई बताउनु भयो ।
टिप्पणीहरू