बालुवाटारको बैठकबाट सबैको इज्जत जोगाउने सहमति
सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक भर्खरै सकिएको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने निर्णय गरेको छ । अमेरिकाले दिएको समयसीमाभित्र सम्झौता दर्ता गर्न अब मार्ग प्रशस्त भएको छ ।
बैठकमा सहभागी एक जना नेताका अनुसार उक्त सहमतिपछि सबैको ‘नाक’ जोगिएको छ । गठबन्धनका माओवादी र नेकपा एकीकृत समाजवादीले टेबल गर्ने तर जस्ताको तस्तै र तत्काल अनुमोदन नगर्ने निर्णयलाई बैठकले स्वीकार गरेको छ भने काँग्रेस र अमेरिकाको जसरी पनि फागुन १६ गतेभित्र प्रक्रिया अघि बढ्नुपर्ने अडानलाई पनि आजको सहमतिले बाटो खुलाइदिएको छ ।
“दर्ता हुने तर बिना सँशोधन तत्काल पारित गर्ने प्रक्रियामा प्रवेश नहुने भएपछि एमसिसीलाई इज्जतको सवाल बनाउँदै आएका जनता र नागरिक समाजबाहेक सबैलाई हाइसन्चो भएको छ ।”
आजको बैठकले सत्ता गठबन्धन नटुटाई एमसीसी जसरी पनि दर्ता गरी छाड्ने नेपाली काङ्ग्रेसको चाहनालाई बाटो खुल्ला गराइदिएको हो । यसबाट साँप मर्ने,लठ्ठी पनि नभाँचिने अवस्था सिर्जना भएको बैठक स्रोतले बताएको छ ।
अब,संसदीय प्रक्रियाबाट उक्त सम्झौतावारे छलफल अघि बढाउन सजिलो बनेको छ । उता,विपक्षी दल नेकपा एमालेले भने संसद बैठकमा अवरोध पुर्याउँदै आएको छ । दर्ता हुने तर बिना सँशोधन तत्काल पारित गर्ने प्रक्रियामा प्रवेश नहुने भएपछि एमसिसीलाई इज्जतको सवाल बनाउँदै आएका जनता र नागरिक समाजबाहेक सबैलाई हाइसन्चो भएको छ ।
टिप्पणीहरू