कार्यव्यवस्थामा माओवादीको फरक मत

कार्यव्यवस्थामा माओवादीको फरक मत

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अहिले केहीबेरमा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेको छ । भर्खरै सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई कार्यसूचीमा राख्ने निर्णय गरेको हो ।

एमसीसीलाई कार्यसूचीमा समेट्ने निर्णयमा माओवादीका प्रतिनिधिले भने नोट अफ डिसेन्ट लेखेका छन् । माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्गले एमसीसीलाई संसद्को कार्यसूची बनाउने निर्णयमा असहमति जनाएको लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादीबाहेकका सबै दलले एकै स्वरमा सहमति जनाएका थिए ।

“एमसीसी संसदमा टेबल भए पनि सबै दल र सांसदले दफावार छलफल नगरी पारित नगराउन भने अन्य दल पनि सहमत भएको कर्णले बताउनुभयो । प्रतिपक्ष एमालेले प्रतिनिधिसभामा अवरोध जारी राखेकाले संसद नखुल्दासम्म हाहुमा पारित गराउन नहुनेमा सबै दल एकमत भएको बताइएको छ ।”

एमसीसी संसदमा टेबल भए पनि सबै दल र सांसदले दफावार छलफल नगरी पारित नगराउन भने अन्य दल पनि सहमत भएको कर्णले बताउनुभयो । प्रतिपक्ष एमालेले प्रतिनिधिसभामा अवरोध जारी राखेकाले संसद नखुल्दासम्म हाहुमा पारित गराउन नहुनेमा सबै दल एकमत भएको बताइएको छ । एमसीसीसँगै समावेशी र लोकसेवा आयोग विधेयक पनि टेबल गर्ने गरी कार्यव्यवस्थाले कार्यसूची निर्धारण गरेको छ । यसअघि एमसीसीलाई मात्रै संसद्को कार्यसूची बनाउन सभामुख अग्नि सापकोटा सहमत नहुनुभएको बताइएको थियो ।

बैठकमा कानुनमन्त्री दिलेन्द्र बडू, गृहमन्त्री बालकृष्ण खाँण, माओवादीका गुरुङ्ग,एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, जसपाका प्रमोद साह र लोसपाका सांसद कर्ण सहभागी थिए । प्रमुख प्रतिपक्ष एमालेले भने आजको बैठक पनि बहिष्कार गरेको छ ।

सत्ता गठबन्धनले आजको संसद बैठकमा एमसीसी सदनमा टेबल गर्ने निर्णय गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

टिप्पणीहरू