पासपोर्टका लागि अब तनहुँबाट काठमाडौंसम्म धाउन नपर्ने
जिल्ला प्रशासन कार्यालय तनहुँले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको छ । योसँगै सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।
प्रशासन कार्यालयले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरेको थियो भने अहिले त्यसलाई बढाएर प्रतिदिन ४५ पुर्याएको छ । हालसम्म कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकेको छ ।
दक्ष कर्मचारीको अभावका कारण सुरुमा काम गर्न कठिनाइ भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको जनाइएको छ । ई–पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राही पासपोर्टका लागि सेवा लिन आउने गरेका थिए ।
टिप्पणीहरू