आज कोरोना संक्रमण र मृत्यु दुवै घट्यो

आज कोरोना संक्रमण र मृत्यु दुवै घट्यो

गत २४ घण्टामा मुलुकभर तीन सय ८८ जना कोरोना संक्रमित भेटिएका छन् । आठ हजार एक सय ४० जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा एक हजार दुई सय पाँच जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ । मुलुकभर अझै १२ हजार दुई सय ८२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ९६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ७७ जना छन् । भक्तपुरमा आठ र ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या दुई हजार छ सय ८१ पुगेको छ । भक्तपुरमा तीन सय ९६ र ललितपुरमा एक हजार दुई सय ४६ जना सक्रिय संक्रमित छन् ।

आज चार जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ६५ जना युवायुवती छन् भने १७ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका १२ जना र २४ जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू