नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभियो
नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको पार्टीको सचिवालयको बैठकले संसदमा दर्ता भएको एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको हो ।
हिजो एमसीसी सदनमा टेबल भएपछि पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट भएका छन् । पार्टीले थप धारणा बनाउन डाकेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले एमसीसीविरुद्धको सडक प्रदर्शनमा भएको प्रहरी दमनको पनि भत्र्सना गरेको छ । साथै आन्दोलनका घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै बैठकले उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीको विपक्षमा उभिने निर्णय भएको बताउनुभयो । उहाँले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा भने समयले निर्धारण गर्ने जानकारी दिनुभयो ।
पछिल्लो निर्णयसँगै एमसीसीका सम्बन्धमा एकीकृत समाजवादीको कित्ता प्रष्ट भएको छ । यसअघि संसदमा एमसीसी टेबल गर्न अध्यक्ष माधवकुमार नेपालले गठबन्धन बैठकमा सहमति दिएको भन्दै पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाललगायतका नेता असन्तुष्ट बनेका थिए ।
टिप्पणीहरू