प्रजातन्त्रवादी प्राध्यापक संघले महाधिवेशन गर्ने

प्रजातन्त्रवादी प्राध्यापक संघले महाधिवेशन गर्ने

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ । काठमाडौंमा बसेको संघको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, क्याम्पसको एकाइ अधिवेशन फागुन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ । चैत्र ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको रसिदसहितको नामावली र शुल्क केन्द्रीय कार्यालयमा पठाउनुपर्ने संघले बताएको छ ।

पटक पटक स्थगित हुँदै आएको महाधिवेशन अब हुने आयोजक समितिले जनाएको छ । महाधिवेशन विधानले तोकेको समयावधिभन्दा धेरै ढिलो हुन लागेको हो ।

टिप्पणीहरू