आधा वर्षमा १० खर्बभन्दा बढीको घाटा

आधा वर्षमा १० खर्बभन्दा बढीको घाटा

चालु आर्थिक वर्षको पहिलो सात महिनामा १० खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँको व्यापार घाटा भएको हो ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ । सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६ दशमलब ४३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८ मा कूल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयात व्यापार ४२ दशमलब ७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको उक्त अवधिमा नेपालको निर्यात व्यापार ८८ दशमलब ३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

टिप्पणीहरू