उपत्यकामा नेपाल बन्दको प्रभाव कमजोर,सुरक्षाकर्मी छपक्कै
सरकारले काठमाडौंलगायत देशभर सुरक्षा सतर्कता बढाएको छ । आज एमसीसी र पेट्रोलियम पदार्थमा मूल्यबृध्दिविरुद्ध गरिएको नेपाल बन्दको घोषणासँगै सुरक्षा सतर्कता बढाइएको हो ।
आज समाजवादी नेपालले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा शून्यप्रायः देखिएको छ । उपत्यकामा सवारी साधनको आवतजावत सामान्य अवस्थाको झैँ रहेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यका बाहिर जाने सवारीसाधनमा पनि कुनै समस्या नभएको जानकारी दिइएको छ ।
संसदमा आज एमसीसी सम्झौतामाथि छलफल हुने भएपछि केही राजनीतिक दल र समूहले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ ।


टिप्पणीहरू