संसद बैठक एकाएक स्थगित

संसद बैठक एकाएक स्थगित

आज दिउँसो १ बजेबाट बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्तिम समयमा स्थागित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक स्थगित भएको जनाइएको छ ।

आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । कार्यव्यवस्था परामर्श समितिले सैद्धान्तिक छलफल गर्ने निर्णय गरेलगत्तै बैठक स्थगित गरिएको हो ।

स्रोतका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीको विपक्षमा मतदान गर्ने प्रष्ट अडान र एमालेको अवरोध जारी रहँदा एमसीसी पास नहुने अवस्थाको आकलन गरेर प्रधानमन्त्रीले सभामुखलाई बैठक स्थगित गर्न आग्रह गर्नुभएको हो ।बताइएअनुसार संसद बैठकमा उपस्थिति सांसदको बहुमतले एमसीसी पारित गर्ने देउवाको तयारी थियो । त्यस्तो अवस्थामा केही मन्त्रीहरुले पक्षमा मतदान गर्ने प्रधानमन्त्रीलाई विश्वास दिलाएका थिए ।

तर, परिस्थिति त्यसविपरित विकसित भएपछि बैठक स्थगित गराइएको बताइन्छ । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

टिप्पणीहरू