पाँच वाम, घेराउमा एकै ठाम
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उदयपुरका वामपन्थी राजनीतिक दलहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् । उनीहरुले मध्यान्ह १२ बजेदेखि कार्यालयको काम प्रभावित हुने गरी घेराउ गरेका हुन् ।
विद्यार्थीलगायत पार्टीका जिल्लास्तरीय नेताहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेज गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले एमसीसी खारेज नगरे मुलुकले गम्भीर संकट भोग्नु पर्ने दाबी गरेका छन् ।
घेराउमा नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय जनमोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी मसाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल संलग्न रहेका छन् ।
सदरमुकाम गाईघाट बजारमा नारा जुलुससहित प्रदर्शन गर्दै उनीहरु सिडियो कार्यालय घेराउ गर्न गएका हुन् । प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।










टिप्पणीहरू