एमाले अध्यक्ष भेटेपछि गगन थापाले भने : गठबन्धन जुनसुकै बेला टुट्न सक्छ
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेकाले जुनसुकै बेला टुट्न सक्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज काँग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन् ।
एमसीसीका विषयमा गठबन्धनभित्र सहमति हुने सम्भावना नरहेको भन्दै उनले भने,‘यसवारे गठबन्धनमा रहेका दलहरू एक ठाउँमा उभिन नसक्ने भएपछि थप छलफल गरिराख्नु परेन । यही कारण गठबन्धन धरापमा परिसक्यो ।’
‘यसवारे गठबन्धनमा रहेका दलहरू एक ठाउँमा उभिन नसक्ने भएपछि थप छलफल गरिराख्नु परेन । यही कारण गठबन्धन धरापमा परिसक्यो ।’
छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र काँग्रेस महामन्त्री गगनकुमार थापा तथा एमाले अध्यक्ष ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्न, एमसीसी अनुमोदनमा सहयोग गर्न एमाले नेताहरुसँग आग्रह गरेको महामन्त्री थापाले बताए । आजै साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा पुनः भेटवार्ता हुने कार्यक्रम रहेको समेत थापाले जानकारी दिएका छन् ।
टिप्पणीहरू