प्रज्ञा प्रतिष्ठानमा एमसीसीविरुध्द खबरदारी सभा
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज दिउँसो खबरदारी सभा हुने भएको छ । सभा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध जनसंगठनले आयोजना गर्न लागेका हुन् ।
दिउँसो साढे १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा सभा गर्न लागिएको हो ।
सभालाई नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल,नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र लीलामणि पोखरेल,पूर्वाधारविद् डा. सूर्यराज आचार्य र वरिष्ठ लेखक तथा समीक्षक खगेन्द्र संग्रौलाले सम्बोधन गर्नेछन् ।
टिप्पणीहरू