नक्कली भारु बोकेका भारतीयहरु बिराटनगरमा
नेपालको सीमावर्ती सहर बजारमा भारतीय नक्कली नोटको बिगबिगी देखिएको छ । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१३ बाट भारतीय नक्कली नोटसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पूर्णीया थाना चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम छन् । अभियुक्तहरुको साथबाट ४८ थान एक सय रुपैयाँ दरका भारतीय नक्कली नोट बरामद भएको हो ।
उनीहरु आज बिहान साढे १० बजे बिराटनगर–१३ नहर चोकबाट पक्राउ परेका हुन् । उनीहरु टेम्पोमा चढेर बिराटनगर आउँदै गरेका थिए । सीआरभी जतुवाको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट नक्कली भारु फेला परेको हो ।
टिप्पणीहरू