पटक पटक फरार डकैती मुद्दाका प्रतिवादी समातिए
चितवन प्रहरीले डकैती मुद्दाका फरार एक जना प्रतिवादीलाई समातेको छ । डकैती मुद्दामा २०७० सालमा पक्राउ परेका कमल श्रेष्ठ फरार भएपछि अहिले फेरि पक्राउ परेका हुन् ।
उनलाई जिल्ला अदालत चितवनले ७ वर्षअघि दुई दिन कैद र २ लाख ७१ हजार २० रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त सजाय भुक्तान नगरी भागेका खैरहनी नगरपालिका ६ बस्ने ३१ वर्षीय श्रेष्ठलाई प्रहरीले फेरी पक्रेर अदालतमा उपस्थित गराएको हो ।
डकैती मुद्दा लागेका उनी २०७० साउन २५ गते पहिलो पटक पक्राउ परेका थिए ।
टिप्पणीहरू