पूर्व मुख्यसचिव किन माफी माग्न बाध्य भए ? ४८ घण्टासम्म एमसीसीबारे किन बोल्दिन भने ?
चीनको राजदूतबाट ओली सरकारद्वारा फिर्ता बोलाइएका पूर्व मुख्यसचिव लीलामणि पौड्यालले हिजो एमसीसीविरुध्दको सभामा बोलिएको आफ्नो धारणालाई लिएर आज माफी मागेका छन् । सभामा बोल्दै पोखरेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको बताएका थिए । तर आजै उक्त अभिव्यक्तिले आफ्ना मित्रहरु कुलचन्द्र गौतम,रुरु कृष्ण,रमेश कोइराला,जीबुढाथोकी,जुगल भुर्तेलगायतलाई पर्न गएको चोटप्रति क्षमा याचना गर्दै उनले ट्विटरमार्फत माफी मागेका छन् ।

उनले आफ्नो धारणाको आशय केही समयअघि एमसीसीको पक्षमा वकालत गर्न पैसा बाँडिएको कागजातसहित समाचार सार्वजनिक भएको र पछि त्यो गलत पुष्टि भएकाले त्यस्तो नक्कली कागजात बनाउनेमाथि कारबाही हुनुपर्ने रहेको स्पष्ट पार्दै आज विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘मैले दिएको अभिव्यक्ति कुनै व्यक्ति लक्षित थिएन तर प्रस्तुतिगत असावधानी भएको महसुस गरेको छु ।’

पौड्यालले आफ्नो अभिव्यक्तिबाट बौध्दिक बहसमा आउनुहुने सबै महानुभावलाई पुर्याएको चोटको निम्ति प्रायश्चितसमेत गरेका छन् । सोवापत आज साँझ ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्म मौनब्रत बस्ने र एमसिसी पास गर्न अमेरिकाले दिएको भाका १६ गते सोमबार साँझ ६ बजे ४८ घण्टासम्म एमसीसीबारे कुनै अभिव्यक्ति नदिने उनले अठोट पनि व्यक्त गरेका छन् । माफी मागिएको विज्ञप्तिको पुछारमा भनिएको छ, ‘एमसीए जस्तै नेपालको कानुन नलाग्ने र उनीहरुले नै नियन्त्रण गर्ने संयन्त्र बनाएर सुरक्षा स्वार्थको शर्तसहित सहायता प्रस्ताव गरे भने के भन्ने ?’

टिप्पणीहरू