जब पर्यो राति,तब भएभरका नेताहरु ताते

जब पर्यो राति,तब भएभरका नेताहरु ताते

केही दिनदेखि प्रमुख दलका प्रमुख नेताहरुको खाने,बस्ने,कुद्ने,भेट्ने,सुत्ने ठेगान छैन । बिहान सबेरैदेखि मध्यरातसम्म भएका यस्ता भेटघाटले तैपनि एमसीसी र पछिल्लो राजनीतिक अवस्थाबारे ठोस निर्णय र निश्कर्ष भने दिन सकेको हैन ।

यही क्रममा आज दिउँसो सिंहदरवारमा माओवादी र एकीकृत समाजवादी अनि अपरान्ह केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र नेपाली काँग्रेसका नेताहरुबीच पुनः भेटवार्ता भएको छ । जसमा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल सहभागी हुनुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट एमालेसङ्ग वार्तामा उपसभापति पूर्णबहादुर खड्का,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा अपरान्ह साढे ४ बजेदेखि झण्डै ७ बजेसम्म भिड्नुभएको थियो ।

साँझ ७ बजे बालकोटबाट निस्किएका काँग्रेस नेताहरुले साढे ७ बजेदेखि झण्डै ८ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट वार्तावारे बृफिङ्ग गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट स्रोतले जनआस्थालाई बतायो ।

 

टिप्पणीहरू