पर्सि तीनतिरबाट पशुपति छिर्न पाइने

पर्सि तीनतिरबाट पशुपति छिर्न पाइने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोषका अनुसार पर्वलाई व्यवस्थित ढंगले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको छ ।

पर्सि सबेरैदेखि भक्तजनहरुलाई गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी मित्रपार्क–जयबागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट र बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिंगलास्थान हुँदै सुमार्गी भवन नजिकैको चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ ।

टिप्पणीहरू