झापामा लागुऔषधसहित बोकेर हिँड्ने छ्याप्छ्याप्ती

झापामा लागुऔषधसहित बोकेर हिँड्ने छ्याप्छ्याप्ती

लागु औषधसहित झापाको मेचीनगर नगरपालिका–५, मेचीखोला बगरबाट दुई जना र मेचीनगर–६ बाट एक जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अभिषेक श्रेष्ठ, भारत दार्जिलिङका २२ वर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई–१ का २३ वर्षीय जोसेफ थापा हुन् ।

हिजो दिउँसो मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिँड्दै नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सीमा प्रहरी चौकी नकलबन्दाले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर २ सय ५० मिलिग्राम र विन्डलस विनस्पास्मो फोर्ट क्याप्सुल २ सय ४ पिस, नाइट्रोसन टेन ट्याब्लेट १ थान बरामद गरेको छ । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले थापालाई ९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू