बलात्कारमा समातिएका माननीयको थुनुवा म्याद पर्सि मात्र थपिने

बलात्कारमा समातिएका माननीयको थुनुवा म्याद पर्सि मात्र थपिने

नेकपा (एमाले) नेता तथा पूर्व मन्त्री मोहन बानियाँ जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

आज राती करिब ८ बजे काठमाडौबाट फर्कदै गर्दा नेपालगन्जमा पक्राउ परेका हुन् । नेपालगञ्जको एक होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । भोलि शिव रात्रीको सार्वजनिक विदा भएका कारण पर्सि बुधबार मात्र अदालतबाट म्याद थप गरेर कार्वाही प्रक्रिया अगाडि बढाउने तयारी छ

टिप्पणीहरू