युक्रेन अन्धकारमय,राष्ट्रपतिद्वारा आणविक विपत्तिको चेतावनी

युक्रेन अन्धकारमय,राष्ट्रपतिद्वारा आणविक विपत्तिको चेतावनी

रुसले गरेको पछिल्ला आक्रमणबाट युक्रेनमा अन्धकार छाएको छ । युक्रेनको जापोरिजजिया आणविक ऊर्जा केन्द्रमा भएको रुसी सेनाको प्रहारबाट क्षति पुगेको छ ।

उक्त केन्द्रलाई रुसी सेनाले नियन्त्रणमा लिएपछि युक्रेनको अधिकांश भागमा राति अन्धकार छाएको छ । आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणको निन्दा गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्व समुदायलाई गुहारेका छन् ।

उनले रुसबाट हुने आक्रमण बन्द गराउन पश्चिमा राष्ट्रका नेताहरुसँग अनुरोध गरेका हुन् । रुसी सेनाको नियोजित आक्रमणबाट आणविक ऊर्जा केन्द्रमा क्षति पुगेको उल्लेख गर्दै उनले भनेका छन्,‘आणविक विपत्ति आउनुअघि नै रुसको आक्रमणलाई रोक्नुहोस् ।’

टिप्पणीहरू