बेइजिङमा पाराओलम्पिकको उद्घाटन हुँदै

बेइजिङमा पाराओलम्पिकको उद्घाटन हुँदै

चीनको राजधानी बेइजिङमा हिउँदे पाराओलम्पिक २०२२ को उद्घाटन कार्यक्रम सुरु भएको छ । उद्घाटन कार्यक्रम नेपाली समयअनुसार साँझको पौने ६ बजे अर्थात चीनको समय रातिको ८ बजे थालिएको हो ।

उद्घाटन समारोह नेशनल स्टेडियममा भइरहेको छ । पाराओलम्पिकको उद्घाटन चिनियाँ राष्ट्रपति सि चिङफिङले गर्दै हुनुहुन्छ ।

बेइजिङले गत महिना हिउँदे ओलम्पिक र सन् २००८ मा गृष्मकालीन ओलम्पिक खेलकुद सफलताका साथ सम्पन्न गरिसकेको छ ।

टिप्पणीहरू