काँग्रेस कैलालीमा नृपबहादुरलाई अधिक मत

काँग्रेस कैलालीमा नृपबहादुरलाई अधिक मत

नेपाली काँग्रेस कैलालीको अधिवेशनले सभापतिमा नारायणदत्त भट्टलाई निर्वाचित गरेको छ । भट्टले १३ सय ५९ मत प्राप्त गरेका छन् । उपसभापतिमा भट्ट प्यानलका भीम बडुवालले १३ सय २८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारुले ९ सय २३ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा बम प्यानलका नृपबहादुर सुनारले सर्वाधिक १४ सय ९३ मत प्राप्त गरी ‘म्यान अफ दि इलेक्सन’ बनेका छन् । अर्को सचिवमा भट्ट प्यानलका केशव मिश्रले ११ सय ५६ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा कलेशुराम चौधरी ८ सय ९६ र रामसमझ राना ८ सय ८१ मत ल्याउदै निर्वाचित भएका छन् ।

सभापति पदका उम्मेदवार प्रकाशबहादुर बमले पहिलो चरणमा सबैभन्दा बढी मत पाएका थिए । दोस्रो चरणमा नारायणदत्त भट्टसँग पराजित हुँदा सुनारले भने पदाधिकारीमा सबैभन्दा बढी मत ल्याएका हुन् ।

को हुन् सुनार ?

नेविसंघ र तरुण दलकापूर्व केन्द्रीय सदस्य सुनार अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ प्रभा पुख्यौली घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्छन् । कैलालीमा बौद्धिक नेताको छबि बनाएका सुनार कैलाली बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर हुन् ।

यसअघि नेपाली काँग्रेस कैलालीको सदस्य रहेका सुनारले पार्टीको कार्यसम्पादन समितिको सदस्य, प्रशिक्षण विभाग प्रमुख, प्रचार विभाग प्रमुख, पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन प्रचारप्रसार समितिको संयोजक, २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीको घोषणापत्र तयारी समितिको संयोजकलगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरेको बताइन्छ ।

टिप्पणीहरू