स्थानीय चुनाव सर्ने ठूलो सम्भावना

स्थानीय चुनाव सर्ने ठूलो सम्भावना

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरु छलफलको निम्ति जुटेका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच भेटघाट शुरु भएको बताइन्छ ।

बैठकमा स्थानीय तहको आगामी निर्वाचनको बारेमा छलफल हुने बुझिएको छ । संविधान र निर्वाचन ऐन बाझिएकाले सोसम्बन्धमा थप कानुनी स्पष्टता पार्नुपर्ने आवाज गठबन्धनभित्र उठेको छ । यसले आगामी बैशाख ३० गते घोषणा गरिएको निर्वाचन धकेलिने सम्भावना बढ्दै गएको हो ।

अर्कोतर्फ,बैशाखको स्थानीय निर्वाचन परिणामपछि आगामी संघीय निर्वाचनसम्म पुग्दा वामपन्थी दलहरुबीच कार्यगत एकता हुनसक्ने भय गठबन्धनको प्रमुख दल काँग्रेसभित्र प्रवल देखिएको छ । विद्यमान गठबन्धनलाई थप केही समयसम्म लम्ब्याएर भए पनि सबै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने आवाज बढ्दै गएकाले स्थानीय तहको निर्वाचन पर धकेलिने सम्भावना बढेको हो ।

टिप्पणीहरू