रुसमा मास्टरकार्ड र भीसाकार्ड सेवा बन्द
युक्रेनमा आक्रमण गरेको भन्दै अमेरिका र पश्चिमा राष्ट्रहरुले रुसमाथि विभिन्न खालका प्रतिबन्ध लगाउन थालेका छन् । रुसविरुद्ध अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका अमेरिकालगायतका मुलुकहरुले आर्थिक नाकाबन्दीका नयाँ स्वरुपलाई प्रयोगमा ल्याएका छन् ।
अहिले विश्वभर डिजिटल भुक्तानीको लागि प्रख्यात डेबिट कार्ड र क्रेडिट कार्डको प्रयोगलाई रुसमा प्रतिबन्ध लगाइएको छ । अमेरिकाको नेतृत्वमा रुसमा मास्टरकार्ड र भीसाकार्डको सेवा स्थगित गरिएको छ ।
यसबाट रुसभित्रै करोडौं जनाले अब थप समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । विश्व अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउँदै आएका ती कार्डहरुको सेवामा प्रतिबन्ध लगाएपछि रुसी अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने विश्लेषण गर्न थालिएको छ ।
टिप्पणीहरू