नाबालिका करणीमा अभिनेता पलको अझै १२ दिन हिरासत वास

नाबालिका करणीमा अभिनेता पलको अझै १२ दिन हिरासत वास

अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले नाबालिगलाई करणी गरेको आरोपमा शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि दिइएको सात दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि पुनः अनुमति मागेको हो ।

१७ वर्षीया नाबालिगले पटक–पटक जबरर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । त्यसपछि फागुन १५ गते शाह आफैँ जिल्ला प्रहरी कार्यालय पुगेर गिरफ्तारी दिएका हुन् ।

तनहुँमा हरिश्चन्द्र ढुंगाना र वासुदेव पौडेल गरी दुई जना जिल्ला न्यायाधीश हुनुहुन्छ । उहाँहरुमध्ये एक जनाले दुबै पक्षको बहस सुनुवाइपछि अभियुक्तलाई १२ दिनको थप म्याद भित्र प्रहरीले अनुसन्धान टुङ्ग्याई मुध्दा पेश गरेमा धरौटीमा छाड्ने या पुर्पक्षका निम्ति दमौली कारागार चलान गर्ने दुईमध्ये एक विकल्पको आदेश गर्नेछ ।

टिप्पणीहरू