अफगानिस्तानमा छुटेका अमेरिकी हतियार नेपाल आउला ?
२०७८ साल भाद्र महिनादेखि नेतृत्व सम्हाल्नुभएका प्रधानसेनापति प्रभुराम शर्माले केही समय स्वास्थ्यले साथ नदिए पनि प्रचारात्मक भन्दा सुधारका काममा जोड दिनुभएको छ ।
शर्माले प्रतिबद्धताअनुसार संयुक्त राष्ट्रसंघमा नेपाललाई शान्ति फौज खटाउने राष्ट्रको तेश्रो स्थानमा पु¥याउन सफल भइसक्नुभएको छ भने अब दोश्रो स्थानमा उक्लने दिन टाढा छैन ।
विभिन्न संख्याका ४ थरि स्ट्याण्डबाई फौज राखी बन्दोबस्तीका सामानको जोगाड शुरु भएको छ । बख्तरबन्द गाडी तथा हतियार र अन्य सामग्री व्यवस्थापनको चुनौती एकातिर छ भने विद्रोही पक्षबाट घटाइने घटना विशिष्टीकृत हुँदै गइरहेको अवस्था छ ।
सोहीअनुरूप लेबनानमा तैनाथ फौजका लागि युएनबाट हालै मात्र प्रस्तावि नयाँ मापदण्डअनुसारका सामग्रीको तत्काल व्यवस्थापन गर्नुपर्ने भएकाले करिब २ अर्ब बराबरको सामान कल्याणकारी कोषको रकमबाट खरिद प्रक्रिया थाल्न आदेश भइसकेको छ ।
माली मिशनमा प्रतिदिन विद्रोहीबाट घटाइने जमिन विष्फोटका घटनाबाट फौजतर्फ ठूलो क्षति भई बम डिस्पोजल गर्न फौज जानु परिरहेको अवस्थामा मन्त्रिपरिषद् बैठकबाट २ अर्ब बराबरकै सामान जीटुजी नीतिमा खरिद गरी पठाउने निर्णय भइसक्दा पनि अघिल्ला सेनापतिले फाइल रोकेका थिए ।
हालका सेनापतिले बढ्दो कोरोना महामारीका कारण प्रतिबद्धताअनुरुपको सामान मिशनमा पु¥याउन नसके पनि भाका सारेरै कतिपय खरिद सम्झौतालाई अन्तिम चरणमा पु¥याएका छन् भने बख्तरबन्द गाडीका लागि दूतावासमार्फत खरिद प्रक्रिया शुरु भएको छ ।
शर्माले अफगानिस्तानमा अमेरिकी सेना प्रयोग गरी विभिन्न देशमा छाडेका हेलिकप्टर, बख्तरबन्द गाडी तथा हातहतियारमध्ये प्रयोग गर्न मिल्ने जति सामान सहयोगस्वरूप लिन प्रस्ताव आएकोमा देश हितमा रहने गरी सम्बन्धित मन्त्रालयमा आफ्नो राय पेश गरिसकिएको बताइन्छ ।
विभिन्न देशमा खटिएका फौजलाई चाहिने बख्तरबन्द गाडीमध्ये केही चाइनिज कम्पनीसँग सहुलियत दर र ऋणमा किन्न सम्बन्धित मन्त्रालय, कम्पनी तथा संस्थासँग परामर्शसमेत शुरु भइसकेको बुझिएको छ ।
– लेबनान मिशनबाट भर्खर फर्किएका गणपति राजीव थापाका निकट अफिसरहरू
टिप्पणीहरू