भन्सार छलेका कपडा हेटौंडामा

भन्सार छलेका कपडा हेटौंडामा

मकवानपुर प्रहरीले राजश्व नतिरी भित्राइएका कपडासहित दुई जनालाई पक्राउ गरेको छ । हिजो साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा १० स्थित पूर्वपश्चिम लोकमार्गबाट हिँडिरहेका बेला उनीहरुलाई समातेको हो ।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका ३ बस्ने वर्ष १९ को तवकिर जोगी र सोही स्थानका १८ वर्षीय निराज आलमलाई भन्सार छलेर ल्याइएका कुर्ता सुरुवालको थान कपडासहित पक्राउ गरेको हो । भन्सार छलेर ल्याइएका कपडाको मूल्य १ लाख ५ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद भएको कपडासहित पक्राउ परेका दुवै जनालाई कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको छ ।

टिप्पणीहरू