दक्षिण कोरियामा अब गुप्तबास बस्न नपर्ने

दक्षिण कोरियामा अब गुप्तबास बस्न नपर्ने

दक्षिण कोरियाको सरकारले त्यहाँ जाने विदेशी नागरिकलाई क्वारेन्टिन अर्थात गुप्तबास बस्न नपर्ने व्यवस्था मिलाएको छ । कोरियाली स्वास्थ्य मन्त्रालयले मार्च २१ देखि पूर्ण खोप लगाएका विदेशी यात्रुहरूले क्वारेन्टिन बस्न नपर्ने व्यवस्था लागु गरेको हो ।

यो निर्णयले कोरिया प्रवेशको पर्खाइमा रहेका लाखौं विदेशी कामदारलाई सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान,थाइल्याण्ड, भियतनाम,बंगलादेश, श्रीलंका, म्यानमारलगायत १६ देशबाट इपिएस प्रणालीबाट कामदार लैजाने गरेको छ ।

क्वारेन्टिनका लागि बस्ने स्थान अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरूपमा कोरिया जान पाइरहेका थिएनन् । अर्कोतर्फ कोरिया छिरे पनि क्वारेन्टिनको निम्ति महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो ।

कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै कोरिया छिर्न पाउने छन् । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरूपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।

टिप्पणीहरू