नक्कली विदेशी नागरिक बनेका ठग प्रहरी खोरमा

नक्कली विदेशी नागरिक बनेका ठग प्रहरी खोरमा

आफूलाई विदेशी नागरिक बताउँदै सामाजिक सञ्जालमार्फत ठगी गर्ने व्यक्ति समातिएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर घर भई हाल भक्तपुर, ठिमी बस्ने २८ वर्षीय गान्दिप गौतम समातिएका हुन् । उनले आफ्नो नाम जोहान लहरेन्स राखेर फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगबाट ठगी गर्ने गरेको प्रहरीले बताएको छ ।

विभिन्न सामाजिक सञ्जालमार्फत् ९० लाख रुपैयाँको चिठ्ठा, सुनको सिक्री र २ लाख पौण्ड भएको सुटकेश पठाएको भन्दै गौतमले पीडितसँग रकम ठगेका हुन् । उनले पार्सल लिनुअघि प्रताप राना सिंह नाम गरेको व्यक्तिसँग सम्पर्क गर्न, पार्सल पाउनुअघि कर वापत तिर्न २९ लाख ४० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनले प्रयोग गरेको ह्वाट्सएपमा बेलायतको टेलिफोन नम्बर प्रयोग गरिएको छ । प्रहरीले उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखेर थप थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू