फैसला सुनेपछि भागेका युवक प्रहरी खोरमा
चोरी गरेर फरार रहेका एक युवकलाई प्रहरीले समातेको छ । सप्तरीको राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई आज प्रहरीले पक्रेको हो ।
उनलाई ३० हजार जरिवानासहित आज कारागार चलान गरिएको छ । राजविराज नगरपालिका ७ बस्ने शिवनारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले २०७६ जेठ १५ गते साहलाई ३० हजार रुपैयाँ जरिवाना र एक महिना चार दिनको कैद सजाय सुनाएको थियो ।
फैसलापछि भागेका साहलाई आज प्रहरीले समातेको हो ।
टिप्पणीहरू