१९ लाख रुपैयाँको छुर्पी बरामद

१९ लाख रुपैयाँको छुर्पी बरामद

अवैधरूपमा ओसारपसार गरिएको दुई हजार किलो छुर्पी बरामद भएको छ । ४० बोरामा राखेर झापाबाट इलामतर्फ लैजाँदै गरिएको छुर्पी प्रहरीले बरामद गरेको हो ।

उक्त छुर्पी मेची राजमार्गको रोङ गाउँपालिका–४ जोरकलसमा फेला परेको हो । प्रदेश १–०१–००१ च ९२१९ नम्बरको बोलेरो जीपमा राखेर लैजाँदै गरिएको अवस्थामा छुर्पी फेला परेको प्रहरी चौकी किटेनीको भनाइ छ ।

जीप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।

टिप्पणीहरू