चीन र भियतनाम जोड्न छुट्टै रेलमार्ग

चीन र भियतनाम जोड्न छुट्टै रेलमार्ग

चीनको दक्षिण पश्चिम चोङछिङ नगरपालिकामा अवस्थित गुओयुवान बन्दरगाहबाट भियतनामको राजधानी हनोईका निम्ति मालवाहक रेल शनिवार छोडिएसंगै यी दुई देशबीच एउटा नयाँ मार्ग जोडिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले भर्खरै प्रकाशित गरेको बुलेटिनमार्फत जनाएको छ।

नयाँ अन्तर्राष्ट्रिय भू-समुद्री व्यापार कोरिडोरको एक हिस्सा रहेको यो मार्गले पश्चिमी चीन र दक्षिणपूर्वी एसियाबीचको व्यापारलाई थप सहज बनाउने अपेक्षा गरिएको बताइन्छ ।

यसअघि,चीनबाट भियतनाममा गरिने सम्पूर्ण आर्यात साङ्घाई र अन्य बन्दरगाहबाट सामुन्द्रिक मार्ग हुँदै ढुवानी गरिन्थ्यो भने २० वा सो भन्दा बढी दिन लाग्थ्यो । तर अब नयाँ रेलमार्गले ४ देखि ५ दिनमा यो काम फत्ये हुनेछ।

चोङ्छिङ नगरपालिका यो अन्तर्राष्ट्रिय भू-समुद्री व्यापार कोरिडोर सन्चालनको केन्द्र हो भने यसको निर्माण सिंगापुर र चीनको पश्चिम प्रान्तीय क्षेत्रहरूले संयुक्त रूपमा गरेका हुन्।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू