कुवेतको ऐतिहासिक बजारमा आगलागी – १४ जना घाइते
कुवेत शहरको लोकप्रिय अल-मुबारकिया बजारमा हिजो दिउँसो भिषण आगलागी भएको छ सो आगलागीमा परी १४ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले कुवेत समाचार संस्था “कुना” लाइ उधृत गर्दै आजको बुलेटिनमा जनाएको छ।
बजारमा रहेको २० वटा पसलबाट शुरु भएको आगो क्रमश: छाला र अत्तरको पसलमा फैलिंदै भिषण रुप लिएको थियो। कुवेतको फायर फोर्स (KFF) लाई यो आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो।
कुवेतको ऐतिहासिक मानिएको यो बजारमा परम्परागत खाद्यान्न, मिठाई,मसला,तरकारी,फलफूल, माछा,मासुलगायत सुनचाँदीका गहना पसलहरु समेत रहेका थिए।
आगलागीको कारण अनुसन्धान भइरहेको जनाइएको छ ।
श्रोत: सिन्ह्वा
टिप्पणीहरू