कस्तुरी विना र भालुको पित्त कारोबारी भक्तपुरमा केन्द्रित

कस्तुरी विना र भालुको पित्त कारोबारी भक्तपुरमा केन्द्रित

भक्तपुरमा संरक्षित वन्यजन्तुका अंग कारोबारमा संलग्न एक समूह समातिएको छ । मध्यपुर थिमी नगरपालिका–१, मनोहरा नयाँबस्तीबाट पाँच थान कस्तुरीको विना र पाँच थान भालुको पित्तसहित तीन जनालाई प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय छत्रबहादुर बेगा, काठमाडौं कोटेश्वर बस्ने जुम्ला सिंजा गाउँपालिका–६, काडागाउँ घर भएका १८ वर्षीय एक किशोर र काठमाडौं जोरपाटी बस्ने पाँचथरको याङवरक गाउँपालिका–२, तिनतिम्बो घर भएका ४६ वर्षीय लोकेन्द्र बेगा हुन् ।

उनीहरुले मध्यपुर थिमीमा कस्तुरीको विना र भालुको पित्तको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० थान अखेटोपहार पनि बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको निम्ति जिल्ला डिभिजन वन कार्यालय, भक्तपुर पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू