श्रीलंकामा संकटकाल खारेज

श्रीलंकामा संकटकाल खारेज

चरम आर्थिक संकटले ग्रस्त श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएको छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकालीन अवस्था खारेज गरेका हुन् ।

सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए भने नवनियुक्त अर्थमन्त्री अली साब्रेले हिजो राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका हुन् ।

त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँगै देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

टिप्पणीहरू