सात लाख नतिर्ने राजु फेरि फन्दामा

सात लाख नतिर्ने राजु फेरि फन्दामा

बैकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त समातिएका छन् । उच्च अदालत पाटनले वैशाख २९ गते सजाय सुनाएपछि भागेका उनलाई आज प्रहरीले पक्रेको हो ।

समातिनेमा नुवाकोटको शिवपुरी गाउँपालिका-३ घर भई हाल काठमाण्डौंको टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३१ वर्षीय राजु भण्डारी रहेका छन् । भण्डारीलाई अदालतले सात लाख दुई हजार पाँच सय रूपैयाँ जरिवाना तोकेको थियो ।

अदालतको फैसलालगत्तै भागेका भण्डारीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बानियाँटारबाट समातेको हो । प्रहरीले फैसला कार्यान्वयनको लागि उनलाई आजै काठमाण्डौ जिल्ला अदालत पठाएको बताएको छ ।

टिप्पणीहरू