चुनावी तालमेलबारे कुरा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गरेको सत्तारुढ गठबन्धनले थप छलफलका लागि आज बैठक बोलाएको छ । बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको हो ।
बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागि हुने बताइएको छ । स्थानीय तह निर्वाचनको तयारी र समसामयीक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।
आजको बैठकमा रामचन्द्र पौडेल नेतृत्वको चुनाव तयारी तथा अनुगमन समितिले हालसम्मको प्रगति विवरण पेश गर्ने तयारी पनि छ।
टिप्पणीहरू