श्रीमतीको कारण श्रीमानले आत्महत्या गरेको जाहेरी पर्यो
चितवन जिल्ल प्रहरी कार्यालयमा श्रीमतीको कारणले श्रीमान आत्महत्या गर्न बाध्य भएको उजुरी परेको छ ।
हिजो बिहान सबेरै भरतपुर ८, दुर्गाचोकका ४२ वर्षे उत्तम सुवेदी आफ्नै घरको भान्छा कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
बिजुलीको तारको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका सुवेदीको शवलाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमको निम्ति भरतपुर अस्पताल पुर्याएको हो ।
त्यसपछि मृतकका दाजुले भाइकी श्रीमती मीरा सुवेदीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि प्रहरीले जाहेरीकर्ताका भाइबुहारी तथा मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएको हो ।
आज जिल्ला अदालतवाट म्याद थपको अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।
टिप्पणीहरू