मालपोत कार्यालयका कर्मचारी पाँच लाख घुससहित समातिए

मालपोत कार्यालयका कर्मचारी पाँच लाख घुससहित समातिए

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी पाँच लाख घुससहित समातिएका छन् । अख्तियारको टोलीले आज जनकपुरधामस्थित मालपोत कार्यालयका निमित्त प्रमुख सुनील कुमार झालाई समातेको हो ।

उनले जग्गासम्बन्धी काम मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने गरेको अख्तियारको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पाँच लाख घुस लिएको आरोप लागेका झालाई अख्तियारले पक्राउ गरी मुचुल्का तयार गर्ने लगायतका काम गरिरहेको छ ।

टिप्पणीहरू