बङ्गुरका प्रमुख भ्रष्टाचारमा मुछिए

बङ्गुरका प्रमुख भ्रष्टाचारमा मुछिए

क्षेत्रीय अनुसन्धान केन्द्र सुनसरीको बङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख रामदेव पण्डित भ्रष्टाचार मुद्दामा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारले उनीहरुले सात लाख रुपैयाँ हिनामिना गरेको अभियोग लगाएको छ ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सहायक कर्मचारीहरु शकुन्तला राई र प्रकाश कुमार यादव, लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठ हुन् ।

टिप्पणीहरू